`

बालेन शाहले आत्महत्या गर्लान् भन्ने डर लागिरहेको छ: सूर्य थापा

Nepal One HD १८ कार्तिक २०८२ १२:१४
बिशेष

काठमाडौं। नेकपा एमालेका नेता सूर्य थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनको हालको व्यवहार र अभिव्यक्तिले आफूलाई चिन्तित बनाएको बताएका छन्।

उनले  एक टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै बालेन शाह मानसिक रूपमा दबाबमा देखिएको र “उनी आत्महत्या गर्लान् कि भन्ने डर लागेको” बताए।

थापाले भने, “बालेन अहिले निकै तनावमा देखिन्छन्, उनीसँग राजनीतिक, सामाजिक र व्यक्तिगत तीनवटै प्रकारका दबाब छन्, त्यसैले म चिन्तित छु।”

उनले बालेनप्रति सहानुभूति व्यक्त गर्दै, “उनीसँग असहमति हुन सक्छ, तर अहिले उनलाई सहयोग र मार्गदर्शनको आवश्यकता छ,” ।

थापाको उक्त टिप्पणी अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ, धेरैले बालेनको मानसिक अवस्थाप्रति चासो देखाएका छन् भने केहीले थापाको अभिव्यक्तिलाई विवादास्पद भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *