न्यायालय नै न्याय खोज्दै प्रहरीमा, घटनामा संलग्नहरूको खोजी सुरु
बिशेष
						
 					काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।
जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको विषयलाई लिएर सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका हुन्।
दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् । अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए ।
जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ ।
उनीहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनका लागि प्रहरी जुटेको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो । महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।
						प्रतिक्रिया
						
		
	
					
					फेसबुक प्रतिक्रिया
						ताजा अपडेट
						धेरै पढिएको
						