`

प्रचण्ड र माधव नेपालको एकता आफूलाई जोगाउन मात्र : रामकुमारी झाँक्री

Nepal One HD १९ कार्तिक २०८२ ११:३८
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बाट विदा लिएकी नेतृ रामकुमारी झाँक्रीले नेकपा (माओवादी केन्द्र) र नेकपा एसबीच पार्टी एकता हुँदा वाम आन्दोलन कमजोर हुने दाबी गरेका छिन् । आफ्नो पार्टीको मूल नेतृत्व एकताको पक्षमा उभिएपछि आज पत्रकार सम्मेलन गरेकी झाँक्रीले यस्तो दाबी गरेकी हुन् ।

‘नेकपा बन्दा पार्टीभित्रको लोकतान्त्रिक जीवन समाप्त पर्‍यौं । अहिले फेरि नेकपा एस र माओवादी एक हुँदा वाम आन्दोलन कमजोर हुन्छ । किनकी, त्यहाँ ओत लाग्ने मात्रै काम हुँदैछ, यसले पार्टी कमजोर हुन्छ’, उनले भनिन् । उनले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भए राज्यका प्रणाली कमजोर हुने बताइन् । उनले प्रचण्ड र माधव नेपालको एकता आफूलाई जोगाउनका लागि मात्र भएको समेत आरोप लगाइन् । नेतृ रामकुमारी झाँक्रीले आजबाट एकीकृत समाजवादी पार्टीसँगको यात्रा टुंगिएको बताएकी छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्रसहितका वाम दलबीच आज एकता घोषणा हुँदै गर्दा यो प्रक्रियाबाट अलग रहेकी झाँक्रीले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन् । झाँक्रीले भनिन्, ‘एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा हामी लागेका छौँ । आज एकीकृत समाजवादीसँगको यात्रा टुंगिँदा एक प्रकारले हामी खुसी नै छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *