`

प्रचण्ड–नेपालको एकतामा घोषणामा झलनाथ खनाल पनि पुगे

Nepal One HD १९ कार्तिक २०८२ १४:०३
बिशेष

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीसहितका विभिन्न १० वटा कम्युनिष्ट घटकहरूबीच एकता घोषणाका लागि बुधबार काठमाडौँको भृकुटीमण्डपमा सम्मेलन सुरु भएको हो ।सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गरेका हुन् । सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिएका छन् ।

सम्मेलनमा पार्टीको विधान, केन्द्रीय समिति तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेण्डा तय गरिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्र र नेकपा एसबीचको एकतामा सहभागी हुने भएका छन् । नयाँ पार्टी खोल्ने घोषणा गरेका पूर्व प्रधानमन्त्री खनाल पनि सो कार्यक्रममा सहभागी भएका हुन् । यसअघि आज बिहानै उनले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेट गरेका थिए । खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका चार शर्त पूरा गरे एमालेमा फर्कने धारणा राख्दै आएका थिए ।

काठमाडौंको भृकुटीमण्डपमा जारी एकता सभामा उद्घोषक वर्षमान पुनले खनाल सहभागी हुन लागेको बताएका हुन् । खनाल कार्यक्रमस्थलमा आइपुगेको पुनले जानकारी दिएका छन् । खनालले हिजो मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालबीच भएको एकताको निर्णयप्रति खनालले शुरूमा विमति जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *