जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन
जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी सात दलीय मोर्चाले प्रदर्शन गरेका छन् । एमालेका सरोजकुमार यादवलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै आज (शनिबार) जनकपुरमा जनप्रदर्शन गरिएको हो ।
अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो । सो बीच सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए । प्रदर्शनका क्रममा अहिले बाक्लो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ ।
नेकपा एमालेले गैरकानुनी, गैरसंवैधानिक, गैरनैतिक र गैर राजनीतिक हर्कत गरेको विपक्षीको आरोप छ । एक नेताले भने, ‘सत्ताको लोभमा एमालेले असंवैधानिक रूपमा नेकपा एमालेका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले गैरकानुनी तबरले नियुक्त गर्यो । अब सभामुखले कानुन विपरीत प्रतिशोधको राजनीतिक तबरले पाँच जना माननीय सदस्यहरूलाई कारबाही गरेको छ ।’
