पावरप्लेमा सुदूरपश्चिमको ब्याटिङ धरापमा
काठमाडौं । काठमाण्डु गोर्खाजसँगको खेलमा पावरप्लेमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ धरापमा परेको छ । पावरप्ले सकिँदा सुदूरपश्चिमले ४ विकेट गुमाउँदै २७ रन बनाएको छ । सुदूरपश्चिमका लागि पहिलो विकेटको रुपमा जोश ब्राउन आउट भएका छन् । सुदूरले रनको खाता खोल्नु अगाडि नै पहिलो विकेटको रुपमा ओपनर ब्याटरको विकेट गुमाएको हो । करण केसीले पहिलो ओभरको दोस्रो बलमा जोशलाई एलबीडब्ल्यू आउट बनाएका हुन् ।
पहिलो ओभरको अन्तिम बलमा करण केसीले अर्का ओपनर विनोद भण्डारीलाई भीम सार्कीको हातमा क्याच गराए । दुई ओपनर डकआउट हुँदा वान डाउन आएका क्रिस लिन पनि २ रन बनाउँदै क्याच भए । २.५ ओभरमा लिनको विकेट गएको हो । चौथो विकेटको रुपमा इशान पाण्डेको विकेट गयो । उनले ९ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाउँदै आदिल आलमको हातमा क्याच भए । काठमान्डु गोर्खाजका लागि कप्तान करण केसीले ३ विकेट लिए । मिलिन्द कुमारले १ विकेट लिए ।
