`

सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण

Nepal One HD ४ मंसिर २०८२ १५:०४
प्रमुख खबर

जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिका–२ स्थित रनुखानामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलबाट करिब चार सय परिवार लाभान्वित भएका छन् । यसअघि, पुल निर्माण नहुँदा स्थानीयवासी र विद्यार्थीलाई यात्रा गर्न समस्या हुने गरेको थियो ।

अहिले पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि स्कुले विद्यार्थीलाई आवागमनमा सहज भएको सिञ्जा–२ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिएका छन् । उनका अनुसार जिल्लास्थित पूर्वाधार विकास कार्यालयको रु ५५ लाख बजेटमा गत वर्ष उपझोक्ता समितिसँग सम्झौता भई निर्माण सुरु भएको हो । चालु आवको कात्तिकको पहिलो सातामा निर्माण सम्पन्न भएको पुल अहिले सञ्चालनमा आएको उनले बताएका छन् ।

यसले वडा कार्यालयभित्र पर्ने माध्यमिक विद्यालय चुलेलगाउँ, विष्टबाडार रनुखानाका विद्यार्थीलाई आवतजावत गर्ने सहज भएको स्थानीय बताउँछन् । एक गाउँबाट अर्को गाउँसम्म जोड्नका लागि करिब ७२ मिटर लम्बाइको झोलङ्गे पुल पुल निर्माण गरिएको वडाध्यक्ष वडले उल्लेख गरेका छन् । पुल बनेपछि घुमाउँरो, लामो बाटो हिँड्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले रु ५५ लाख लगानीमा उपभोक्ता समितिले निर्माण गरेको पुलबाट चार सय परिवारका साथै आगन्तुकहरू लाभान्वित भएका जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *