`

जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी : डब्लुएफपी

Nepal One HD ९ मंसिर २०८२ १७:४४
विश्व

लागोस(नाइजेरिया) ।   उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी उच्च भएकाले हजारौ नाइजेरियाले अनिकालको सामना गरिरहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मंगलबार जनाएको छ ।

उत्तरी नाइजेरियाका करिब ३ करोड ५० लाख मानिसहरूले आगामी सन् २०२६ मा गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने अनुमान गरिएको संयुक्त राष्ट्र सङ्घीय एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ ।

करिव १६ वर्ष लामो जिहादी विद्रोहको केन्द्रबिन्दु बोर्नो राज्यका करिब १५ हजार मानिसहरु “विनाशकारी भोकमरी“ वा “अनिकालको अवस्थामा पुग्ने अनुमान गर्दै डब्लुएफपीले विज्ञप्ति जारी गरेको छ ।

द्वन्द्वले ४० हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने उत्तरपूर्वमा करिब २० लाख अन्य विस्थापित भई छिमेकी देशहरूमा गएको जनाइएको छ ।

नाइजेरियाले उत्तरपूर्वमा बोको हराम र मध्य तथा उत्तरपश्चिममा “डाकु“ गिरोहहरूको नेतृत्वमा हिंसाको सामना गरिरहेको छ, जसले गाउँहरूमा छापा मार्छ, मानिसहरूलाई मार्नुका साथै र फिरौतीका लागि अपहरण गर्दछ ।
गत हप्ता मात्रै नाइजेरियाले तीनवटा सामूहिक अपहरणको सामना गरेको जनाइएको छ ।

नाइजर राज्यमा क्याथोलिक स्कूलका करीव ३०० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरू अपहरण गरिएको थियो, भने केब्बी राज्यमा २५ मुस्लिम हाई स्कूलका छात्राहरुको अपहरण भएको थियो । यसै गरी क्वारा राज्यमा ३८ जना उपासकहरूलाई चर्चबाटै अपहरण गरिएको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *