`

देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव

Nepal One HD २१ मंसिर २०८२ ८:४४
प्रमुख खबर

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले सबै प्रदेशमा आंशिक बदली भएको छ । कोशी,मधेस र सुदूरपश्चिम प्रदेशका तराई भेगका एकदुई स्थानमा कुहिरो तथा बाँकी तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो देशका अधिकांश भागमा आंशिक बदली हुनेछ । त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिमलगायत गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी तराई भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *