प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका अगुवा सुधन गुरुङबीचको भेटवार्तामा के भयो ?
बिशेष
काठमाडौँ। हामी नेपालका संस्थापक सुधन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौताको प्रगतिबारे चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जेन-जी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको ताकेता थियो ।
आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको पनि उनले गुनासो गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
