`

गृहमन्त्री अर्यालले भने – ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो

Nepal One HD २३ मंसिर २०८२ २०:०१
राजनीति

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी सहिद’ योद्धाका अधुरा सपना पूरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै सरकारको प्रमुख कार्यभार रहेको बताउनुभएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा आज साँझ नयाँ बानेश्वरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उहाँले सहिदका सपनालाई साकार पार्नु सरकारको चुनावपछिको प्रमुख जिम्मेवारी र दायित्व रहेको बताउनुभयो ।

मन्त्री अर्यालले सरकारले सहिद तथा घाइते परिवारलाई राज्यले सकेको सबै सुविधा र सहजता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रममा सहभागी सहिद परिवारका सदस्यसँग कुराकानी गर्दै उहाँहरूका गुनासा र चासोबारे जानकारी लिनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *