`

नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै

Nepal One HD २५ मंसिर २०८२ ८:२०
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ : ३० बजेदेखि बस्दैछ ।बिहिबार पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा छलफल हुनेछ ।

मूल समितिको संयोजक महासचवि शंकर पोखरेल हुन् भने सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् ।आज १४ वटै समितिका संयोजकहरुले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *