`

राष्ट्रिय सभाका अध्यक्ष दाहाल भन्छन् – सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन

Nepal One HD १ पुष २०८२ १९:२३
बिशेष

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदन बोलाउने कुरामा अहिलेसम्म विमति नभएको बताएका छन् । मंगलबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले यस्तो बताउका हुन् ।

उनले पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउनेगरी हलको व्यवस्थापन हुनुपर्नेमा जोड दिए । क्षतिग्रस्त संघीय संसद भवनमा रहेको हल तत्काल सम्पन्न गर्न ठेकेदारलाई निर्देशन समेत दिएको उनले बताउ ।

उनले भने, ‘पुषको १२ गते राष्ट्रिय सभाको बैठक बोलाउने हिसाबले हल बनाउने काम जसरी भएपनि सक्न ठेक्दारलाई निर्देशन दिएका छौ । अब १० गतेसम्म हल तयार हुन्छ होला । प्रधानमन्त्रीसँग सल्लाह गरेर सदन बोलाउने कुरा गर्नेछौ । सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन्, कार्यान्वयनमा जाँदा के हुन्छ थाहा छैन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *