`

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीचको भेटवार्तामा के भयो ?

Nepal One HD १० पुष २०८२ २१:२९
प्रमुख खबर

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच भेटवार्ता भएको छ ।

आज जनकपुरधामस्थित मधेस भवनमा भएको भेटवार्तामा मधेस प्रदेशका मुख्यमन्त्री यादवले अर्थमन्त्री खनालसँग मधेस प्रदेशलाई सङ्घीय सरकारले दिँदै आएको अनुदान रकम बढाउन माग गर्नुभयो । मधेस प्रदेशमा मानव सूचकाङ्क कमजोर रहेकाले सोही आधारमा अनुदान रकम बढाउनुपर्नेमा उहाँको जोड थियो ।

त्यस अवसरमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्दै आएको एमबिबिएसको कार्यक्रममा सङ्घ सरकारले दिनुपर्ने आर्थिक अनुदान नदिएको विषयमा अर्थमन्त्री खनाललाई ध्यानाकर्षण गराइएको थियो । एमबिबिएस कार्यक्रम सञ्चालनमा वार्षिक रु २० करोड खर्च हुँदै आएको छ ।

अर्थमन्त्री खनालले प्रदेश सरकारबाट प्रदेशको आर्थिक विकास तथा समृद्धिका लागि व्यक्त भएको चिन्ताप्रति सङ्घ सरकार सकारात्मक भएको बताउनुभयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *