`

विशेष महाधिवेशन हुँदै हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ : देउवा

Nepal One HD १५ पुष २०८२ १२:२७
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिष्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए पनि बाधक भने नबन्ने उनले स्पष्ट पारेका छन् ।

मंगलबार केही पत्रकारहरूसँग भेटघाट गरेका देउवाले आफू १५ औं महाधिवेशनको प्रतिष्पर्धी नभएकाले तटस्थ रहने बताएका छन् । ‘निर्वाचन अगाडि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिष्पर्धामा असर पर्छ भनेर मैले भन्दै आएको छु,’ देउवाले भने, ‘गर्ने हो भनेर लाग्नु हुन्छ भने मैले रोक्ने कुरा हुँदैन।’

देउवाले १५ औं महाधिवेशनमा विधानतः आफू सभापतिको उम्मेदवार बन्न नमिल्ने र आफ्नो इच्छा पनि नभएकाले अरूलाई प्रोत्साहन मात्र गर्ने बताए । विशेष महाधिवेशन भने नहुने उनको दाबी छ । ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,’ देउवाले भने, ‘त्यस कारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *