`

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

Nepal One HD १७ पुष २०८२ १०:०७
राजनीति

काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि बस्ने भएको छ ।समितिको १४७ औं बैठक बिहीबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संसद भवनमा बस्ने भएको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल र विविध अन्य विषयहरूमा छलफल हुने समिति सचिवालयले जानकारी दिएको छ।समितिका सबै सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *