चितवन क्षेत्र नम्बर १मा रास्वपाबाट प्रत्यक्षतर्फ युवा नेता प्रदीप उप्रेतीको दाबी
विगत एक दशकदेखि वैकल्पिक राजनीतिक आन्दोलनमार्फत नेपालको आर्थिक ,राजनीतिक र सामाजिक जागरणको निमित्त आवाज उठाइरहेका भएका प्रदिप उप्रेतीले चितवन क्षेत्र न. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत उम्मेदवारीको आकांक्षीको रुपमा आवेदन दिएका छन्।
विवेकशील अभियान मार्फत राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै युवाहरुको सकृय सहभागिता र नीति – निर्माणको तहमा युवाहरुको हस्तक्षेपकारी भुमिकाका लागि खबरदारी गर्दै आएका उप्रेती यसअघि विवेकशील साझा युवा संगठनको सचिवालय सदस्य तथा बागमती प्रदेश संयोजक थिए ।
उनले २०७४ र २०७९ सालको संघीय चुनावमा काठमाडौ क्षेत्र न. २ को चुनावी अभियानको कमान्ड पनि सम्हालेका थिए । केही समय अघि राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीविच एकीकरण भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा सक्रिय भएका हुन्। यसै सिलसिलामा फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ उनले चितवन क्षेत्र न.१ मा उम्मेदवारको आकांक्षीको रुपमा आवेदन पेश गरेका हुन्।

We are hopeful about you, and we expect that in the coming days, young leaders will also make meaningful contributions