बालेनकाे विरोधमा उत्रिए-भिक्टर पाैडेल र हिमेश पन्त
काठमाडौं । प्रधानमन्त्री बालेन शाह (बालेन)काे आलाेचनामा उनकै निकट मानिने भिक्टर पाैडेल उत्रिएका छन् ।
रुटिन नेपाल अफ बन्दका सञ्चालक उनले बालेनलाई गाली गरेकै आधारमा युट्युबर राेशन पाेखरेल पक्राउ पर्नुलाई गलत मानेका छन् ।
उनले बालेनलाई लक्षित गर्दै भनेका छन्- ‘जिम्मेवार पदमा बसेकालाई जनताले जे पनि भन्न पाउनुपर्छ। सभ्य मानिसले आफ्नो कुरा सभ्य तरिकाले राख्छन्, असभ्यले असभ्य तरिकाले… यही नै हाम्रो समाजको वास्तविकता हो !’
पाेखरेल पाँचथरकाे फाल्गुनन्द गाउँपालिका वडा नम्बर-७ का हुन् । उनले बालेनलाई एक भिडियाेमा गालीगलाैज गर्दै याैनजन्य हिसासम्बन्धी अभिव्यक्ति दिएका थिए । साेही आधारमा राेशन पक्राउ परेकाे घटनामा बालेनकै निकट मानिने भिक्टर रुष्ट भएका हुन् ।
प्रधानमन्त्री बालेनलाई साथ दिँदै आएका कलाकार तथा रास्वपा नेता हिमेश पन्तले पनि राेशनकाे पक्राउपछि विराेध गरे । गाली रोक्ने नाममा आलोचना दबाउने सरकार लोकतन्त्रको दुश्मन हो भनेका छन् र उनका सहनशीलता नभएकाे भन्दै आलाेचना गरेका छन् ।
जेन-जी अभियन्ता भावना राउत, तनुजा पाण्डे र जेन-जी मुभमेन्टले राेशन पक्राउ गरेर विराेधी आवाजलाई बालेनले दबाउन खाेजेकाे भन्दै कडा शब्दमा विराेध गरेका छन् । यसरी चाैतर्फी विराेधपछि आइतबार नै राेशनकाे रिहा भएकाे छ ।
