`

चार जना पक्राउ

Nepal One HD २६ चैत २०८२ १४:४८
अपराध

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका-१२ की ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका-१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका-४ की सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका-७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा उनीहरूले प्रलोभनमा पारेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको तथा केही व्यक्तिलाई हङकङमा आकर्षक तलबमा बेयराको काम लगाइदिने भन्दै झुक्याएर कम्बोडिया पुर्‍याएको खुलेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *