`

चेतन राईको मेराे देश नेपाल सार्वजनिक

Nepal One HD २० पुष २०८२ १०:३४
भिडियो

काठमडौं । चेतन राईको स्वर तथा संगीत रहेको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । नेपाली मौलिक संगीत, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मेरो देश नेपाल’ गीत तथा भिडियो सार्वजनिक गरिएको हो । विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा संगीतप्रेमी, साहित्यकार तथा कलाकारहरूको बाक्लो सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपसचिव तथा भाषा आयोगकी सदस्य एवम् साहित्यकार उषा हमाल रहनुभएको थियो । त्यस्तै, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा नेपाल संगीत कल्याण कोषका अध्यक्ष, गायक तथा संगीतकार रमेश पाठक तथा राप्ति समाजका अध्यक्ष, गायक तथा संगीतकार गोविन्द मधुर आचार्य र निर्देशक तथा कोरियोग्राफर कृष्ण रसालको विशेष उपस्थिति रहेको थियो ।

गीतका शब्द राजाराम पौडेलले रचना गर्नुभएको हो भने एरेञ्ज सबिर कार्कीले गर्नुभएको छ । गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गर्नुभएको हो ।गीतको भिडियोमा चेतन राई, प्रवीण पुरी, सागर बासेल, अनिता पराजुली, समीक्षा पौडेल, रिता आच्छामी र सुमी लामाको अभिनय देख्न सकिन्छ । बाल कलाकार चिरायु विक्रम राई र चाहना राईले पनि प्रभावशाली अभिनय प्रस्तुत गर्नुभएको छ ।
भिडियोको छायांकन सविन तिमल्सिनाले गर्नुभएको हो भने ड्रोन छायांकन योगराज विश्वकर्माले गर्नुभएको छ ।

भिडियो सम्पादन तथा रंग संयोजन राज धामीले गर्नुभएको हो । सहायक निर्देशन प्रवीण पुरीले सम्हाल्नुभएको छ भने निर्देशन स्वयं चेतन राईले गर्नुभएको हो । सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य सेकाइ इन्टरटेन्मेन्टमार्फत सम्पन्न भएको जनाइएको छ ।

गीत तथा एल्बमले नेपाली समाजका यथार्थ, संवेदना र मौलिक संस्कृतिलाई संगीत र दृश्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ । सिर्जनाले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *