`

भेनेजुयलाको सङ्कटपछि मेक्सिकोले क्युवालाई तेल आपूर्ति गर्दै : राष्ट्रपति शेनबाम

Nepal One HD २४ पुष २०८२ ८:१८
विश्व

संयुक्त राज्य अमेरिकाले क्युवाको परम्परागत आपूर्तिकर्ता भेनेजुएलाविरुद्ध नाकाबन्दी सुरु गरेदेखि मेक्सिको क्युवालाई तेल उपलब्ध गराउने ‘प्रमुख प्रदायक’ बनेको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले बुधबार बताउनुभएको छ।

“ मेक्सिको क्युबालाई तेल उपलब्ध गराउने स्पष्ट रूपमा एक प्रमुख प्रदायक बनेको छ, अमेरिकी प्रतिबन्धबाट बच्न आफ्ना सहयोगीहरूबाट कटौती–मूल्य आपूर्तिमा निर्भर छ,” शेनबामले भन्नुभयो ।

उहाँको देशले क्युबालाई ‘पहिलेभन्दा भन्दा बढी तेल’ नपठाएको तर अहिले तेलको प्रमुख प्रदायक मेक्सिको भएको छ ।

उहाँले फाइनेन्सियल टाइम्सको रिपोर्टमा टिप्पणी गर्दै भन्नुभयो, “सन् २०२५ मा क्युबामा मेक्सिकोको तेल निर्यात भेनेजुएलाको भन्दा बढी थियो । मेम्सिकोको यो भनाई वाशिङ्गटनले गत सप्ताहन्तमा भेनेजुएलाका राष्ट्रपतिलाई पदच्युत गरेर देशको कच्चा निर्यातमा नियन्त्रण गर्न माग गरेपछि आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *