`

यो अवस्था आउँछ भन्ने लागेको थिएन, अत्यन्तै मर्माहित छु, : कुलमान

Nepal One HD २६ पुष २०८२ २०:१०
उज्यालाे नेपाल पार्टी

उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सित एकता प्रक्रिया भंग हुँदा आफू अत्यन्तै मर्माहित भएको बताएका छन् । शनिबार (पुस २६) बेलुका काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो अवस्था आउँछ भन्ने कल्पनै नगरेको बताए ।

आफूहरूलाई जबरजस्ती बाहिर राखिएको उनले जिकिर गरे । अब एक्लै भए पनि अगाडि बढ्नुपर्ने स्थिति आएको उनले सुनाए ।

‘हामीले सबै त्यागेर आजसम्म पनि अगाडि बढौँ भनेका थियौँ । तर, रास्वपाले एकतर्फी एकता भंग भएको खबर सुनायो,’ उनले भने, ‘संघीयता, संविधानको विषयमा पूरक सहमति गरौँ भनेर प्रस्ताव गरेका थियौँ । म साधारण सदस्य बन्छु, समानुपातिक सूची र केन्द्रीय सदस्यमा एड्जस गरौँ भनेका थियौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *