`

देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्छ – प्रचण्ड

Nepal One HD २८ पुष २०८२ ९:२७
माओवादी केन्द्र

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई कायम राख्न जनताको एकता आवश्यक रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्ने बताए ।

राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले वामपन्थी शक्तिबीच ध्रुवीकरण गर्ने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *