देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाए
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूलाई छलफलमा बोलाएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा कार्यविधि प्रस्तुत भएपछि देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफू निकट नेताहरूलाई छलफलमा बोलाएका हुन् । ‘सभापतिले दिउँसो ३ बजे महाराजगञ्जमा छलफलका लागि बोलाउनुभएको छ,’ एक नेताले भने ।
संस्थापन पक्षले विशेष महाधिवेशनमा सहभागी नहुनका लागि गरेको अपिलका बाबजुद देशभरका बहुमत महाधिवेशन प्रतिनिधि कार्यक्रममा सहभागी बनेका छन् । १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट निर्वाचित पुष्पा भुसाल, डिला संग्रौला, देवेन्द्रराज कँडेल, उदय शमशेर राणा, भरत शाहलगायतका नेताहरू पनि विशेष महाधिवेशनमा सहभागी छन् । तीन महिनाअघि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
