कांग्रेसको एकतामा असर पर्ने कुनै गतिविधि नगर्न खड्काको निर्देशन
नेपाली कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पर्ने कुनै गतिविधि नगर्न विशेष महाधिवेशन पक्षधरलाई निर्देशन दिएका छन् । कार्यवाहक सभापति खड्काले सोमबार अपराह्न अपिल जारी गर्दै विशेष महाधिवेशन पक्षधरलाई गम्भीर हुन आग्रह गरेका छन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहेका बेला कावा सभापति खड्काले विज्ञप्ति जारी गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न अपिल गरेका हुन् । विशेष महाधिवेशनमा सहभागीलाई अपिल गर्दै खड्काले भनेका छन्, ‘पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।’
हेर्नुस् खड्काको अपिलः

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
