`

नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा नाराबाजी

Nepal One HD २९ पुष २०८२ १३:५९
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नयाँ नेतृत्व चयनको माग गर्दै नाराबाजी गरेका छन् । केन्द्रीय कार्यसमिति भंग गर, नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् ।

सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो । उक्त वार्ता विना निष्कर्ष टुंगिएको थियो । विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग कुनै भागबण्डाको कुरा नगरेको प्रष्टीकरण दिएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरेर नेता सुवास पोखरेलले भागबण्डाको राजनीति अन्त्य गर्न आफूहरूले खोजेको बताएका छन् ।

उनले भने, ‘वार्ता जाने साथीहरूलाई हामीले आफ्नो टाइमलाइन क्लियर गरेका छौं । अहिले भ्रमपूर्ण प्रचार हुँदैछ, हाम्रो माग भागबण्डाका लागि होइन, विधिको सर्वोच्चताको लागि हो । उहाँहरूले लेनदेनको राजनीति गरिराख्नु होला । गरिराख्नुस्, त्यसमा हाम्रो असहमति छ ।’ वार्तामा जानेहरूलाई भागबण्डाको विषय राख्ने कुनै म्याण्डेट नदिएको स्पष्ट पारे । उनले सभापतिले सम्पूर्ण जिम्मेवारी छाड्नु पर्ने, आगामी प्रतिनिधि सभाको निर्वाचनमा देउवा लड्न नहुने, विशेष महाधिवेशनको स्वामित्व पार्टीले लिनुपर्ने बताएका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *