`

फ्रान्सको उत्सर्जन कटौती दर ४ दशमलव ६ प्रतिशत, जलवायु लक्ष्यमा चुनौती : अध्ययन

Nepal One HD ३० पुष २०८२ १९:१२
विश्व

फ्रान्सको सन् २०२५ मा हरितगृह ग्यास उत्सर्जन घटे पनि देशले तय गरेको जलवायु लक्ष्य पूरा गर्न आवश्यक गतिभन्दा निकै कम रहेको एक अध्ययनले देखाएको छ ।

मङ्गलबार सार्वजनिक गरिएको प्रारम्भिक विवरणअनुसार सन् २०२५ मा फ्रान्सको कुल हरितगृह ग्यास उत्सर्जन करिब ३६३ दशमलव ४ टन कार्बन डाइअक्साइड बराबर अनुमान गरिएको छ, जुन सन् २०२४ को तुलनामा करिब १ दशमलव ६ प्रतिशतले कम हो ।

हावाप्रदूषणसम्बन्धी अध्ययन तथा अनुगमन गर्ने स्वतन्त्र निकायले उत्सर्जन घट्ने क्रम देखिए पनि यो कटौती सरकारले तय गरेको तेस्रो राष्ट्रिय न्यून–कार्बन रणनीतिका लक्ष्यअनुसार स्पष्ट रूपमा अपर्याप्त रहेको जनाएको छ ।

उक्त रणनीतिअनुसार फ्रान्सले सन् २०३० सम्मका जलवायु प्रतिबद्धता पूरा गर्न प्रत्येक वर्ष औसत ४ दशमलव ६ प्रतिशतले उत्सर्जन घटाउनुपर्ने बताइएको छ ।

फ्रान्सकी पारिस्थितिकीय रूपान्तरण मन्त्री मोनिक बारबुले उत्सर्जन घटाउने गति पर्याप्त नरहेको स्वीकार गर्नुभएको छ । उहाँका अनुसार सन् २०२५ को उत्सर्जन कटौती सकारात्मक संकेत भए पनि पर्याप्त छैन ।

उहाँले सन् २०२६ लाई जलवायु प्रतिबद्धता कार्यान्वयनको वर्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

पारिस्थितिकीय रूपान्तरण मन्त्रालयका अनुसार तेस्रो राष्ट्रिय न्यून–कार्बन रणनीतिको मुख्य उद्देश्यहरूमध्ये एक सन् १९९० को तुलनामा सन् २०३० सम्म कार्बन सोसकबाहेकको क्षेत्रीय हरितगृह ग्यास उत्सर्जन आधा घटाउनु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *