`

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

Nepal One HD ३० पुष २०८२ २०:०८
विश्व

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुग्नुभएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।प्रधानमन्त्री कार्नीले शुक्रबार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्नेे बताइएको छ । कार्नी आठ वर्षमा चीन भ्रमण गर्ने पहिलो क्यानेडियन नेता हुनुहुन्छ ।

गत अक्टोबरमा दक्षिण कोरियामा भएको एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको थियो ।कार्नीका पूर्ववर्ती जस्टिन ट्रुडोले सन् २०१७ को डिसेम्बरमा चीनको भ्रमण गर्नुभएको थियो ।

सन् २०१८ मा भ्यानकुभरमा अमेरिकी पक्राउ पूर्जीका आधारमा विशाल चिनियाँ प्रविधि कम्पनी हुवावेका एक वरिष्ठ कार्यकारीलाई पक्राउ गरेपछि र जासुसीको आरोपमा दुई क्यानेडियालीलाई चीनले जवाफी कारबाहीमा हिरासतमा लिएपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो।हालैका वर्षहरूमा चीनले क्यानाडाको चुनावमा हस्तक्षेप गरेको आरोप पनि लाग्दै आएको छ।

सीबाहेक कार्नीले प्रधानमन्त्री ली चियाङ र व्यापारिक नेताहरूसँग व्यापार वार्ताका लागि भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। बेइजिङले यसै हप्ता कार्नीको भ्रमणलाई उच्च महत्व दिने बताएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *