`

बेनिशा हमालको फिल्म ‘बिगुल’ ले तोक्यो नयाँ प्रदर्शन मिति

Nepal One HD ७ माघ २०८२ ८:१८
अर्थ समाचार

काठमाडौं । पूर्वनिर्धारित प्रदर्शन मितिबाट पछि हटेको फिल्म ‘बिगुल’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । माघ ९ गतेको प्रदर्शन स्थगित गरेको फिल्म तीन सातापछि रिलिज हुने भएको हो ।

फिल्म फागुन १ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ मा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी,रबिन्द्र खड्का, मीरा पण्डितलगायत कलाकारहरू मुख्य भूमिकामा छन् ।

राजनीतिक खेलवाड, सामाजिक न्याय, पारिवारिक उल्झन, पुस्ताबीच विचारमा मतभेदलगायतको कुरा फिल्मले समेटेको छ । राजनीतिक विकृति र अन्यायविरूद्ध उठ्ने जनआवाजलाई फिल्मको कथा बनाइएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *