`

पूजा महतोको अविजित अर्धशतकमा नेपाललाई पहिलो जित

Nepal One HD १० माघ २०८२ १६:३९
खेलकुद

काठमाडौं – पूजा महतोले अविजित अर्धशतक बनाउँदा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हात पारेको छ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्‍यो। जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालको जितमा पूजा महतोले महत्वपूर्ण भूमिका खेलिन्। उनले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिवाले १४ रन जोडिन्।

नेपालका तर्फबाट रिया शर्माले २ विकेट लिइन्। साथै कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारिन्।

नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकाल्न नेपालमाथि दबाब रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *