कुलमानको दाबी – पार्टी कुनै पनि हालतमा अन्य दलसँग विलय हुँदैन, अनन्तकालसम्म चिम बलिरहनेछ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी कसैसँग मिसिन नजाने बताएका छन् । उज्यालो नेपाल पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् ।
अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्ने तर आफ्नो पार्टी कुनै पनि हालतमा अन्य दलसँग विलय नहुने उनले बताए । यस्थै उनले पार्टी गठन भएको तीन महिना पनि पूरा नहुँदै विभिन्न चुनौती सामना गर्नुपरेको बताए ।
उनले भने, ‘उज्यालो नेपाल पार्टी गठन भएको तीन महिना पनि पूरा भएको छैन । तीन महिना पूरा हुँदै गर्दा हामी १२ दिन कोमामा पुग्यौं । त्यसले धेरै घाटा भयो, तर अहिले हामी त्यही कोमाबाट तन्दुरुस्त भएर आएका छौं । अब उज्यालो नेपाल पार्टी यो देशको नेतृत्व गर्न अगाडि बढ्छ ।’
अध्यक्ष घिसिङले पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ रहेको उल्लेख गर्दै उक्त चिन्ह निरन्तर र अनन्तकालसम्म बलिरहने दाबी गरे ।
