`

२३ सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा

Nepal One HD १३ माघ २०८२ १९:०८
खेलकुद

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चीनको युनान प्रान्तीय युवा टोलीविरुद्ध मैत्रीपूर्ण खेलका लागि आज २३ सदस्यीय नेपाली राष्ट्रिय यु–२० महिला टोली घोषणा गरेको छ ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा उक्त खेल हुन लागेको हो । मैत्रीपूर्ण खेल यही माघ १७ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

टोलीमा अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावन परियार, बिर्सना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी र मीना देउवा रहेका छन् ।

यसैगरी सजिना स्याङ्तान, समीक्षा मगर, सङ्गीता अधिकारी, सानिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बू, सिमरन राई, सुजाता तामाङ, पुनम चेमजोङ, पूर्णिमा राई र शुक्रिया मिया टोलीमा छन् ।टोलीको मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ हुनुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *