विश्वकप ‘वार्मअप’: युएईले दियो १४६ रनको चुनौति
खेलकुद
काठमाडौं । टी-२० विश्वकपको ‘वार्मअप’ खेलमा युएईले नेपाललाई १४६ रनको चुनौति दिएको छ ।
भारतको चेन्नाईमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनायो । युएईका सोइब खानको ३८ र हर्षित कौशिकको ३५ रनको योगदान महत्वपूर्ण रह्यो ।
नेपालका लागि सन्दीप लामिछाने र करन केसीले २-२ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दै छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
