`

कार्यवाहक राष्ट्रपति यादवले भने- विकासको नाममा आदिवासी जनजाति विस्थापित नहोस् (भिडियो)

Nepal One HD २१ माघ २०८२ १७:३२
बिशेष

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले आदिवासी जनजाति समुदायको विशिष्ट पहिचान, मौलिक संस्कार र संस्कृतिलाई राष्ट्रिय गौरवका आधार भएको बताएका छन् ।

यी सम्पदाहरूको संरक्षण, सम्बद्र्ध गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राख्नु सामूहिक जिम्मेवारी भएको पनि बताए ।

उनका अनुसार संविधानले प्रत्याभूत गरेका अधिकारहरू जीवन व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन गर्नु चुनौतिपूर्ण छ ।

विकासको नाममा आदिवासी जनजातिको संस्कृति, भाषा र जीवनशैली विस्थापित नहोस् भन्ने संवेदनशीलता कायम राख्नुपर्नेमा उनले जोड दिए ।

नीति निर्माण र स्रोत साधनमा पहुँज र न्यायपूर्ण विकास प्रक्रियामा आदिवासी जनजाति समुदायको सार्थक संलग्नता सुनिश्चित गर्न आदिवासी जनजाति आयोगले निरन्तर पहल गर्नुपर्ने औँल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *