`

बहुमत माग्न देशभर जानुपर्छ : रवि लामिछाने (भिडियो)

Nepal One HD २३ माघ २०८२ १५:३३
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बहुमतको सरकार गठन गर्न नसकिए इतिहासले दिएको अवसर गुम्ने बताएका छन् ।

बहुमतकै प्राप्तिकै लागि देशको विभिन्न ठाउँमा मत माग्न आफू जानुपर्ने बताए ।

‘कम्तीमा पनि आफ्नै बहुमतको सरकार बनाउन सकिएन भने इतिहासले दिएको अवसर हामीले गुमाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि विभिन्न ठाउँमा पुग्नुपर्ने हुन्छ, तपाईंहरूलाई यति अनुरोध गर्न चाहन्छु ।’

लामिछानेले अन्तिम लडाइँ लड्न यसअघि सरकारमा गएको स्पष्ट पारेका छन् ।

उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा केही महिना उपप्रधान तथा गृहमन्त्री भएका थिए ।

त्यसबेला समर्थकहरूले नै सरकारमा लामिछाने र रास्वपाको आलोचना गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *