राष्ट्रिय सभाको अधिवेशन अन्त्य
राजनीति
काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही १ फागुनको मध्यरातबाट लागू हुनेगरी राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेका हुन् ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
सोही आधारमा राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गरेको शीतल निवासले जनाएको छ ।
यसअघि गत माघ ४ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
