मतदातामाथि मनाेवैज्ञानिक दबाब- हर्कले ‘मासुभात’ र साेविताले ‘पैसा’मा बिक्री नहुनु भनिन्
काठमाडौं । गएराति १२ बजेपछि मौन अवधि सुरु भएको छ ।
मौन अवधिमा मतदातालाई प्रभावित पार्नेगरी निर्वाचन प्रचार गर्न पाइँदैन । मतदातालाई मनोवैज्ञानिक दबाब पनि बढाउन पाइँदैन । यसो गरे निर्वाचन आचारसंहिता विपरीत हुन्छ ।
तर, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ मौन अवधिमा स्टाटस लेख्दै मतदाताहरूमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरिरहेका छन् ।
मतदातालाई मासुभातमा बिक्री हुनेतर्फ संकेत गर्दै हर्कले भने, ‘मासéातमा भोट नफालौँ । आफ्नो देशको भविष्य सम्झौँ ।’
नेपाली मतदाताले मासुभात पाए भोट बिक्री गर्छन् भन्ने सन्देश जानेगरी उनले आफूले मासुभात नखुुवाउने अर्को स्टाटसमा लेखेका छन् ।
‘म मासुभात खुवाउँदिन है । मसँग देश बेचेको, भ्रष्टाचार गरेको, कमिसन र घुस खाएको पैसा छैन । काम चाहिँ गर्छु म टन्नै ।’
यसअघि चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार सोविता गौतमले पनि त्यस क्षेत्रका आदिवासी गुरुङ र थारु समुदायलाई ‘पैसामा बिक्री हुने’ आशय प्रकट गरेको भिडियो सार्वजनिक भएको थियो । यसपछि उनी सोमबारदेखि आलोचित छिन् ।
मतदातालाई एकपछि अर्को उम्मेदवारले ‘मासुभात’ र ‘पैसामा बिक्री’ हुने भनेर घृणात्मक अभिव्यक्ति दिइरहेका छन् ।
