`

इरानकाे लगातार हमलापछि मध्यपूर्व र खाडी देशहरुमा दूतावास बन्द गर्ने अमेरिकी घाेषणा

Nepal One HD १९ फागुन २०८२ १७:२६
बिशेष

इरानी आक्रमण तीब्र भएपछि अमेरिकाले मध्यपूर्व र खाडी देशहरुमा रहेका आफ्ना दूतावास तथा कूटनीतिक नियाेगहरू बन्द गर्ने भएकाे छ । ती देशहरुबाट आफ्ना कर्मचारी र नागरिकलाई देश छोड्न आदेश पनि दिएको छ ।

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा मंगलबारदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरू बन्द गरिएको छ ।

सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई दुतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ । यसअघि साउदी अरबका अधिकारीहरूले रियादमा रहेको दूतावासमा दुईवटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए ।

कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समार्फत अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सेवाहरू निलम्बन गरेको छ । अमेरिकी विदेश विभागले गैरआवासीय कर्मचारी उनीहरूका परिवारका सदस्यहरूलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ ।

विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारहरूलाई स्वेच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराकलाई अनुरोधसमेत गरेको जनाइएको छ ।

सयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा तीब्र रुपमा द्वन्द्व बढिरहेका समयमा यस्तो घोषणा गरेको हो ।

गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित कमान्डरहरूको मृत्यु भए पछि द्वन्द्व चर्किएको थियो ।

प्रतिक्रियामा, इरानले इजरायल र अन्य क्षेत्रीय संरचना विरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ, जसले द्वन्द्वलाई अझै बढी सक्रिय बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *