पेरुमा भारी वर्षा, ४१ जनाकाे मृत्यु
प्रमुख खबर
काठमाडौं । पेरुमा यस वर्षको सुरुदेखि वर्षायामका कारण कम्तिमा ४१ जनाको मृत्यु भएको छ ।
अन्य एक जना बेपत्ता रहेको देशको स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी दियाे ।
आधिकारिक विज्ञप्तिकाअनुसार सोमबारसम्म ५६ जना घाइते भएका थिए, जसमध्ये ४८ जनालाई अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सात जना अझै अस्पतालमा उपचाररत छन् । फेब्रुअरी २५ मा, पेरु सरकारले भारी वर्षाका कारण उत्पन्न हुन सक्ने खतरालाई ध्यानमा राख्दै विभिन्न क्षेत्रहरूमा ६० दिने आपतकाल घोषणा गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
