…जहाँ हातपातपछि मतपत्र नै गायब भयाे, धुइँधुइँती खाेज्दा पनि परेन फेला
काठमाडौं । हरेक निर्वाचनमा लफडा भइरहने जिल्ला हाे- दाेलखा । बुथ कब्जा त कहिले मतपत्र कब्जा हुन्छ । कुटपिट त सामान्य नै भएकाे छ ।
यी सबै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनकाे मान्यताविपरीतका कार्य हुन् । आपराधिक गतिविधि हुन् । यसपटक पनि दाेहाेरिएकाे छ ।
दोलखाको तामाकोशी गाउँपालिका-४ मा त्यस्ताे भएकाे हाे । त्यहाँ आज बिहानै मतदानको क्रममा विवाद बढेपछि दलगत कार्यकर्ताहरबिच झडप भयाे ।
उनीहरूले कर्मचारीमाथि हातपातको समेत प्रयास गरे । यसपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो । तर, त्यहीबेला केही मतपत्र गायब भयाे ।
याे समाचार तयार पार्दासम्म मतपत्र फेला परेकाे छैन । मतपत्र खाेजीकाे क्रम भने जारी छ ।
दाेलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार १० वटा मतपत्र फेला परेकाे छैन । हराएकाे मतपत्र सङ्ख्या भने ५५ वटा हाे । ४४ वटा मात्रै फेला परेकाे आलेले बताए ।
