`

‘निर्वाचनबाट अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्नु छ’ (भिडियाे)

Nepal One HD २१ फागुन २०८२ १५:१०
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्यसँग जोड्दै शान्ति, सुव्यवस्था र लोकतन्त्रको पुनर्स्थापनाका लागि निर्णायक अवसरका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार यो निर्वाचनले देशमा शान्ति सुरक्षाको स्थिति सुदृढ गर्दै जनतालाई बिना डर त्रास हिँडडुल गर्न, पेसा-व्यवसाय सञ्चालन गर्न र दैनिक क्रियाकलाप सहज रूपमा अघि बढाउन सक्ने वातावरण सुनिश्चित गर्नुपर्छ। जनतामा विश्वास र आश्वस्तता कायम गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनले बताए।

ओलीले लोकतन्त्रको पुनर्स्थापनासमेत यस निर्वाचनको मुख्य उद्देश्य भएको उल्लेख गर्दै अराजनीतिक, अराजक तथा हिंसात्मक गतिविधि र प्रवृत्तिहरूलाई नियन्त्रण र अन्त्य गर्ने दिशामा यसले महत्वपूर्ण योगदान गर्नुपर्ने धारणा राखे।

लोकतान्त्रिक पद्धतिबाट संविधानलाई सही ट्रयाकमा ल्याई देशलाई स्थिरता, स्थायित्व, सुशासन र विकासको मार्गमा अघि बढाउनुपर्नेमा उनले जोड दिए।

उनले देशको अस्तित्व, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय हितहरूको सम्बर्द्धन नै अहिलेको सबैभन्दा मुख्य कार्यभार भएको उल्लेख गर्दै निर्वाचनमार्फत राष्ट्र जोगाउने अभियानलाई सफल बनाउनुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *