`

बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै

Nepal One HD २३ फागुन २०८२ १८:३६
राजनीति

बाजुराः बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरीको अग्रता कायमै रहेको छ । सुरुवातीदेखि उच्च मतका साथ अघि रहेका गिरीलाई एमालेका लालबहादुर थापाले पच्छ्याउँदै अघि बढेका छन्।

बाजुराको हिमाली,खप्तड छेडेदह ,स्वामिकार्तिक, बुढीगंगा र जगन्नाथको मतगणना सकिँदा कांग्रेसका जनक राज गिरीले रुख चिन्हमा ८ हजार ६ सय ८७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले ८ हजार २ सय १७ मत पाएका हुन्।

कांग्रेसका गिरी एमालेका थापा भन्दा ४ सय ७० मतले अग्र स्थानमा छ्न्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ३ हजार ७ सय ९५ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्। नेकपाका प्रकाश बहादुर शाहले १ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *