`

हुम्लामा कांग्रेसका रोकाया अग्रस्थानमा

Nepal One HD २३ फागुन २०८२ २०:४६
राजनीति

हुम्ला। हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ ।यहाँ नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया ५७५ मतान्तरसहित अग्रस्थानमा हुनुहुन्छ । हालसम्म छ वटा मतदान केन्द्रको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनुभयो ।

उहाँका अनुसार रोकायाले छ हजार ८५५ मत ल्याउनुभएको छ भने नेपाली कम्यनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डा दिपेन्द्र रोकायाले छ हजार २८० प्राप्त गर्नुभएको छ । सिमकोटका पाँच वटा र नाम्खा गाउँपालिकाका १२ वटा मतदान केन्द्रको मतगणना गर्न बाँकी छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दलबहादुर फडेराले तीन हजार ५८५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की टाँसी लाजोमले १७५, राप्रपाका छक्क बुढाले १११ मत ल्याउनुभएको छ । हालसम्म ३०८ मत बदर भएको छ । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकामा २२ हजार ४६७ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *