हर्कको पोष्टमा बालेनको कमेन्ट- ‘माया छ’
राजनीति
काठमाडौँ। रास्वपा वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रुपमा हेरिएका बालेन्द्र शाह ‘बालेन’ ले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङको एउटा पोष्टमा माया छ भन्दै कमेन्ट गरेका छन्।
सुनसरी-१ को मतगणना जारी रहेकै बेला साम्पाङले आफूलाई प्रतिनिधिसभा निर्वाचनको विजेताका रुपमा घोषणा गर्दै समाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट गरेका थिए। ‘लु अब चाहिँ सुनसरी १ बाट मा पहिलॉ भएको घोषणा गर्दछु! जय देश!! जय श्रम संस्कृति!!!’ उनले लेखेका छन्।
साम्पाङको उक्त पोष्टमा बालेनले ‘तपाईलाई माया छ’ भन्दै कमेन्ट गरेका हुन्। ‘तपाइलाई सधैँ माया थियो, छ र रहन्छ, तपाई र धरानलाई सधैँ माया छ’ बालेनले कमेन्ट गरेका छन्।
प्रतिनिधिसभा निर्वाचनअघि यी दुवै जना एक अर्काका कट्टर आलोचक जस्ता देखिन्थे। विशेषत: साम्पाङले बालेनको निरन्तर आलोचना गरिरहेको देखिन्थ्यो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
