`

देखिएन सूर्य, अझै तीन दिन बादल लाग्ने

Nepal One HD २४ फागुन २०८२ १५:३४
बिशेष

काठमाडौं। देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश पूर्ण रूपमा नखुल्ने अनुमान गरिएको छ। मौसमविद् रोजन लामिछाने का अनुसार आज वाग्मती प्रदेश का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हाल देशको वायुमण्डलमा उच्चचापीय प्रणालीसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताइएको छ। ‘यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ,’ मौसमविद् लामिछानेले बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार आज राति कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहनेछ।

त्यस्तै कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्र तथा वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको पूर्वानुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *