जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीकाे मृत्यु
समाज
काठमाडौं । नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकी महिलाकाे मृत्यु भएकाे छ ।
जुम्लाकाे तिला गाउँपालिका वडा नं. ३ कि १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएकाे हाे ।
कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाे थियाे ।
लगत्तै सेनाकाे हेलिकप्टरमार्फत उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।
उपचारकाे क्रममा राति १ बजे उनको मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।
घरमै सुत्केरी गराउने प्रयास गर्दा लामो समयसम्म व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो ।
तर, प्रतिष्ठानमा शल्यक्रिया गरिए पनि थप समस्या देखिएपछि उनलाई थप उपचारका लागि सुर्खेत लैजानुपर्ने अवस्था आएको थियोे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
