`

‘श्रुती’ नामक एक्ल्बमको पहिलो गीतका रुपमा आयो वेदांशी’

Nepal One HD २९ फागुन २०८२ ११:३७
भिडियो

काठमाडौँ । सितार वादक हिमालयन सितारले ’वेदांशी’ नामक गीत रिलिज गरेका छन् ।वेदांशी ’श्रुती’ नामक एक्ल्बमको पहिलो गीत रहेको सितार वादक हिमालयन सितारले बताए । सितार, सेक्सोफोन र लाफ्ताको फ्युजन हो वेदांशी । वेदांशी नामक गीतमा हिमालयन सितारले चिलीको ब्याण्ड ’सेरो डुओ’सँग सहकार्य गरेका छन् ।

७ मिनेट लामो वेदांशीमा हिमालयन सितारलाई चिलीका संगीतकार मोआ एड्मन्डस ग्वेभाराले लाफ्ता र तोमास कारास्को गुवेरान्तिसले सेक्सोफोन बजाएर साथ दिएका छन् ।

सार्वजनिक गीत हिमालयन सितारको अफिसियल युट्युब च्यानल, स्पोटीफाइ लगायतका डिजिटल प्ल्याटफर्ममा उपलब्ध छ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागमा एथ्नोम्यूजिकलोजीमा मास्टर्स गरिरहेका झापाका ’हिमालयन सितार’को वास्तविक नाम उत्तम घोष हो ।उनी हिमालयन सितार मार्फत नेपाली शास्त्रिय संगीतलाई संसारभार चिनाउन चाहान्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *