ओलीका पिता माेहनप्रसादकाे अन्त्येष्टी पशुपति आर्यघाटमा गरिँदै
बिशेष
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिँदैछ। ओलीकाे सचिवालयका अनुसार अहिले केहीबरेमा दाहसंस्कार गरिने भएकाे छ ।
पशुपति आर्यघाट लानुअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि गुन्डुस्थित ओली निवासमा राखिएको थियो। श्रद्धाञ्जलीका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललगायत नेताहरु पुगेका थिए ।
अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यसहितले अस्पतालमै पुगेर मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान ३ बजेतिर गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो।
स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
