ओलीका पिता माेहनप्रसादकाे ‘नेत्र दान’
प्रमुख खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको नेत्र दान भएको छ ।
उनको इच्छाअनुसार नेत्र दान गरिएको एमाले सचिव महेश बस्नेतले बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरूले राख्दै भने, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ। निधनपछि उहाँको इच्छाअनुसार आँखा दान गरिएको छ।’
ओलीका पिता मोहनप्रसादको आज बिहान निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
