`

मुख्यमन्त्री आचार्यले भने- दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक छ

Nepal One HD ३० फागुन २०८२ १९:१९
प्रमुख खबर

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले हालै सम्पन्न निर्वाचनको गम्भीर समीक्षा गरी दृढतापूर्वक जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।एमाले अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको आज बुटवलमा सम्पन्न बैठकमा उहाँले सङ्गठनलाई परिचालन, निरन्तर समीक्षा र मूल्याङ्कन गरी जनताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।

नेता आचार्यले निर्वाचन परिणामबारे विश्लेषण र मूल्याङ्कन गरी आगामी दिनमा नयाँ ढङ्गले जनतामाझ जानुपर्ने धारणा राख्नुभयो । उहाँले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एमाले नेतृत्वमा बनेका सरकारले गरेका महत्वपूर्ण कामबारे बुझाउन आवश्यक रहेको बताउनुभयो ।

बैठकमा लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पार्टीका अर्घाखाँची अध्यक्ष पिताम्बर भुसाललगायतले आफ्ना धारणा राख्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *